रौतहट । विगत दश वर्षदेखी फरार रहेका एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्धाका फरार अभियुक्त जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं ६ का ४२ वर्षका सुरज सिंह मुखियालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले आज पक्राउ गरेको हो ।
आफनै घर वरीपरी लुकी छिपी बसेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन ।
पक्राउ परेका अभियुक्त मुखियालाई जिल्ला अदालतले ९ वर्ष कैद सजाए र ५० हजार रुपैया दण्ड जरिवाना तोकेको छ ।
मुखियालाई कैद भुक्तानको लागि भोली विहिवार कारागार चलान गर्ने एसपी भट्टराईले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here