रौतहट । रौतहटको कटहरिया नगरपालिकाले असोज ३ गते भव्याताका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । नगर प्रमुख शियाराम कुश्वाहाको अध्यक्षतामा नगर कार्यपालिका समितिको शुक्रवार बसेको बैठकले संविधान जारी भएको दिन असोज ३ गतेका दिन विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मेयर कुश्वाहाले बताएका छन । बैठकले असोज २ गते खेलकुद प्रतियोगिता, असोज ३ गते रास्ट्रिय झण्डा फेर्ने र पुरस्कार वितरण गर्ने, कटहरिया नगरपालिका अन्तर्गत पर्ने प्राथमिक स्वास्थ्य केन्द्रमा ईमरजेन्सी कक्षको उदघाटन गर्ने, ३ गते मैनबती बाल्ने निर्णय गरेको नगर प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताए ।

त्यस्तै नगरपालिकाको विभिन्न कानुनी कार्य गर्न कानुनी सल्लाहकार राख्ने लगाएतका महत्वपूर्ण निर्णय आजको बैठकले गरेको नगर प्रवक्ता कुश्वाहाले बताए । बैठकमा प्रमुख प्रशासकिय अधिकृत मनोज रजक, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here