रौतहट । रौतहटको चर्चित बजार कटहरिया बजार क्षेत्रमा सडक बिस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । नगरप्रमुख सियाराम कुश्वाहाको सकृयतामा कटहरिया बजारक अन्तरगत उतर तर्फ रामजानकी मठ देखी नन्दकिशोर साहको घर सम्मको बाटोको बिस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।

उक्त क्षेत्रमा कतै कतै मात्र २२।२३ फिट चौडाई बाटो रहेको हुँदा आवत जावतमा निकै कठिनाई भइरहेको थियो । केही समय अघि नगरपालिकाले गरेको निर्णय अनुसार उक्त बाटोलाई ४० फिट बनाउन एकदर्जन बढी घर भत्काइए पछी बाटो बिस्तार भएको हो । पहिलो चरणमा उक्त बाटो फरोकिलो भएको र बाँकी रहेका ठाँउमा दशैँ पछी बाटो बिस्तारको कार्यहुने नगरप्रमुख सियाराम कुश्वाहाले बताए । दशकौं देखी अतिक्रमणको चपेटामा रहेका कटहरिया बजारको मुल बाटो पटक पटक प्रयास गर्दा पनी फराकिलो हुनसकेको थिएन ।

कटहरिया नगरपालिकामा मेयर सियाराम कुश्वाहाले नेतृत्व लिएपछी उनको अथक प्रयास र साहस बाट बाटोमा रहेका एकदर्जन बढी घर भत्काई सडक बिस्तार भएको निरज ईन्टर प्राईजेज कटहरियाका सञ्चालक स्थानिय ब्यापारी जयमंगल साह सोनारले बताएका छन । बजार क्षेत्रको बाटो फराकिलो भएसंगै ग्रामिणभेगमा पनी त्यसको असर परेको छ । कटहरिया,बिर्तिप्रस्टोका,हँथियाही,जमुनिया लगायतका गाँउमा सडक छेउमा रहेका घरहरु भत्काईएर बाटो फराकिलो हुन लागेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here