फाइल फाेटाे

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा दुई जना डेंगुको रोगी फेला परेको छ । देशभरी महामारीको रुपमा डेंगु रोग फैलिरहेको अवस्थामा कटहरिया नगर क्षेत्र अन्तर्गत कटहरियामा पनि डेंगु रोगबाट संक्रमित दुई जना विरामी फेला परेको हो ।

कटहरियामा फेला परेको डेंगु रोगी दुबैजना हेटौडा स्थित कक्षा ११ मा अध्ययनरत सचिन कुमार दास र राजन कुमार दास रहेको बताईएको छ । हेटौडामा पढने सचिन दास केहि दिन अगाडि कटहरिया आएको र ३,४ दिनदेखी लगातार उच्च ज्वरो आएपछि डेंगुको अशंका लागी रगत चेकजाँच गराउँदा डेंगु रोग लागेको भेटिएको एक जना चिकित्सक केपी यादवले जानकारी दिएका छन । डेंगुको संक्रमण भएका सचिन दासलाई कटहरियामा समान्य उपचार पछि थप उपचारको लागि काठमाडौं पठाईएको उनका बुवा विजय दासले बताएका छन ।

त्यस्तै हेटौडामा पढने क्रममा ज्वरो आएपछि रगत जचाउँदा डेंगुको संक्रमण भएको प्रमाणित भएपछि राजन दासलाई आफनो घर कटहरिया ल्याईएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका डाक्टर अर्पण लाल कर्णको सल्लाह अनुसार दासको कटहरियाकै अस्पतालमा उपचार भइरहेको उनका बुवा रामइश्वर दासले बताएका छन । यस अघि जिल्लाको चन्द्रपुर र मौलापुर नगरपालिकामा डेंगु रोगी फेला परेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here