रौतहट । बच्चा चोरी भएको भन्दै अफवाह फैलाउने घटनाले रौतहट प्रहरी हैरान भएको छ । विगत केही दिन देखी रौतहट जिल्लाका विभिन्न स्थानहरुमा बच्चा चोरी, अपहरण गर्ने समुह प्रवेश गरेको तथा बच्चा चोर्ने प्रयास गरिरहेको लगायतका कपोकल्पित, तथ्यहिन र भ्रामक अफवाह फैलाउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक सूचना नै निकालेर त्यस्तो अफवाह फैलाउनेलाई कडा कार्यवाही गर्ने चेतावनी दिएको हो ।

गलत सूचनाका कारण थुप्रै निर्दोष ब्यक्ति पीडित बनेको घटना स्मरण गराउँदै नागरिकलाई सचेत हुन पनि प्रहरीले आग्रह गरेको छ । प्रहरीले यस्तो खालका भ्रामक सूचना आउनेक्रम बढ्दो रहेको र घटनास्थलमा पुग्दा स्थानियले कहिले उखुबारीमा लुकेको, कहिले भाग्यो भन्नेलगायतका कुरा बताउने गरेको प्रहरीको भनाई छ । गलत सूचना दिने वा अफवाह फैलाउने उदण्ड समूहले समाजमा डर पैदा गराउने अभिप्रायले त्यस्तो गरेको हुनसक्ने भन्दै जिल्लाबासीलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयले त्यस्ता अफवाह फैलाउने तथा समाजमा शान्ति खलल पुग्ने काममा नलाग्न समेत नागरिकलाई आग्रह गरेको छ । केहिदिन देखी बच्चा चोरी भएको र केहि समुहले बच्चा चोरी गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा अनावश्यक फोन आउने गरेको र त्यसैको आधारमा प्रहरीले घटना भएको भनिएको ठाउँमा जादा सूचना दिने व्यक्ति नै लुकाउने गरेको रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बताएका छन ।

सूचना दिने व्यक्तिले भनेको कयौ ठाउँमा प्रहरी जाँदा कुनै प्रकारको बच्चाको चोरी अथवा चोरी अपहरणको प्रयास नभएको पाईएकोले केहि समुहले गलत सूचना दिएर प्रहरीलाई हैरान मात्रै गरेकोले आज सार्वजनिक रुपमै सूचना नै निकाल्नु परेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभएको हो । प्रहरीलाई गलत सूचना दिने र समाजमा दंगा फैलाउने कार्य गर्ने जोकोहिलाई पनि पक्राउ गरेर कडा कार्यवाही गरिने रौतहटका एसपी खत्रीले बताउनसभयो । प्रहरीले सूचना जारी गरेपश्यात पनि गलत सूचना दिने वा अफवाह फैलाउने काम गरेको भेटिए त्यस्तो ब्यक्ति वा समूहलाई प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here