रौतहट ।। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटको आयोजनामा सीमाबासी संग सशस्त्र प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गतको बंकुलमा शनिवार संपन्न भएको छ ।
सिमाबर्ती क्षेत्रमा स्थानीयबासीले भोग्नु परेको समस्या र त्यसको समाधानको विषयमा जानकारी लिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले खुल्ला सीमाको फायदा स्थानीय भन्दा बढ़ी गैर कÞानूनी रुपमा अवैध कार्य गर्नेले ऊठाउने गरेको बताएका छन ।
कार्यक्रमको प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्ने नगर प्रमुख यादवले खुल्ला सिमाना हाम्रो लागि बरदानको रुपमा भए पनि स्थानीयले लिनु पर्ने फायदा भन्दा बढ़ी तस्करी चोरी ,पैठारी गर्ने व्यक्तिले लिने गरेकोले तरबार गर्नु पर्ने जोड़ दिए ।
नगरप्रमुख यादवले भने माओवादी द्वन्दलो कालमा विस्थापित भएको बंकुल छोटी भन्सार कार्यालय संचालन गर्नु पर्ने जोड़ समेत दिए ।
राजदेवी नगरपालिका , गौर नगर पालिका ,ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधिमाई नगरपालिका संग भारीतय सिमाना जोडिएको हुदा खुल्ला सीमानाबाट स्थानीयले ल्याउने घरायसी तथा कृषि सामग्रीमा सहजता अपनाई दिनको लागि समेत आग्रह गरे ।
कार्यक्रममा परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले सीमा क्षेत्रमा बसोवास गर्ने मधेशी समुदायका व्यक्तिले सीमाको सुरक्षाको लागि आफ्नो ज्यान समेत दिनलाइ त्यार रहेको बताए ।
नेपाल र भारत विचको लामो खुल्ला सिमाना यो मधेशी समुदायको लागि एउटा ठूलो बरदानको रुपमा रहेको जिकिर समेत गरे ।
नेपाल र भारतका विच सांस्कृतिक ,सामाजिक सम्वन्ध रहेको हुदा नेपाल देखि भारततथा भारत देखि नेपालमा सहज रुपमा अबागमनको बातावरण हुनेपर्ने मांग समेत गरे ।
किसानको लागि कृषि सामग्री मलखाद ,विउ बिजन ल्याउन दिन सहज बातावरण बनाई दिन जिल्लाका सुरक्षा निकायका प्रमुख संग आग्रह समेत गरे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले मधेशी जनता नै असली सीमाको रखवाला भएको बताएका छन । प्रहरी पुग्नु भन्दा अघि आफ्नो मुलुकको जग्गाको लागि ज्यानको प्रबाह नगरी सीमा क्षेत्रको रक्षा गर्ने मधेशी जनता नै भएको दावी गरे ।
सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जनताको सेवा सुरक्षाको लागि सशस्त्र प्रहरी सदैव तयारी अवस्थामाँ रहेको बताए । नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्दै सीमामको सुरक्षा तथा सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी ,आपराधिक गतिविधि नियन्त्रणमा ठूलो भूमिका निर्वाह गरेको दावी समेत गरे ।
नेपाल भारत सीमा संग जोडिएको स्थानीय तह राजदेवी नगरपालिका ,गौर नगरपालिका ,ईशनाथ नगरपालिका ,परोहा नगरपालिका र बौधिमाई नगरपालिकाका स्थानीय जनप्रतिनिधि सहभागी भएका कार्यक्रममा सीमामा हुने समस्या , घरायसी सामग्री ल्याउदा प्रहरीले गरिने व्यव्हार , निर्वाध रुपमा पहिलाको जस्तो सवारी साधनको आवागमनको व्यवस्था , दश गाजा क्षेत्र सञ्चालन गरेको रक्सी पसल बन्द गराउने लगायतको विषयमा सहभागी हरुले आवाज उठाएका थिए ।
कार्यक्रममा रौतहट उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष देव प्रयाग गुप्ता , इसनाथ नगरपालिका वड़ा नम्बर ६ का वड़ा अध्यक्ष जवाहर साह , वड़ा नम्बर २ का वड़ा अध्यक्ष धर्मेन्द्र साह ,बौधिमाई नगरपालिका वड़ा अध्यक्ष मुक्ति नारायण मिश्रा लगायतले आ आफ्नो धरना राखेका थिए । शशस्त्र प्रहरी बल बीओपी गौर भन्सार कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाले सञ्चालन गरेका कार्यक्रममा सीमा बर्ती क्षेत्र संग जोडिएको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश खुल्ला सिमानाको फाइदा स्थानीयले लिनु भन्दा बढ़ी तस्करी चोरी ,पैठारी गर्ने व्यक्तिले...
खुल्ला सिमानाको फाइदा स्थानीयले लिनु भन्दा बढ़ी तस्करी चोरी ,पैठारी गर्ने व्यक्तिले लियो :- मेयर यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।