नवलपरासी पश्चिम।। नवलपरासी पश्चिममा पुजारीको हत्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं.-६ कठहवा स्थित भारतको जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखिक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

यहि कार्तिक ९ गते सुस्ता गाउँपालिका वडा नं.-४ नर्सही (पश्चिम टाँडी) स्थित हनुमान मन्दिर बस्ने ७२ बर्षिय पुजारी मुहँगु केवटको घरेलु हतियार हसियाले हत्या भएको थियो ।

एसपी अजय केसी र इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमानन्द पाण्डेयको विशेष पहलमा पुजारीको हत्यारालाई पक्राउ गर्न सफल भएको बुझिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here