नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिमकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लाको रामग्राम नगरपालिका वडा नं.-५ परासीकी ६५ बर्षिया महिलाको उपचारका क्रममा भिम अस्पताल भैरहवामा गएराती मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरभ ढकालले जानकारी दिएका छन् ।

यो संगै नवलपरासी पश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना पुष्टि भएपछि उहाँलाई भदौ १४ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर अस्पतालले उपचार गरिरहेको उहाँको गएराती ९:४५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले बताए । यस अघि कोरोना संक्रमणकै कारण नेपाल्री कांग्रेस जिल्ला उपसभापति सुभासचन्द्र गिरीको पनि मृत्यु भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here