नवलपरासी पश्चिम // नवलपरासी पश्चिममा शनिबार एकैपटक १८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा १४ र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नं.-१ मा २३, २४, ३०, ३५, ४२, ४५, ४७, ४८, ५८ वर्षीय गरि ९ जना पुरुष, २२ र ३० वर्षीय गरि दुई जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै वडा नं.-२ मा २५, २९ र ३९ वर्षीय पुरुषमा पुष्टि भएको छ । त्यसैगरी प्रतापपुर गाउँपालिकाको वडा नं.-४ मा ६५ वर्षीय वृद्ध, वडा नं.-५ मा २२ र २४, वर्षीय पुरुष र वडा नं.-७ मा ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २३४ पुगेको छ । नवलपरासी पश्चिम बाट स्वाब पठाएका मध्य अझै ३ सय बढीको पिसिआर परिक्षणको रिपोर्ट आउन बाँकि नै रहेको छ । यहाँबाट स्वाब संकलन गरेर परिक्षणका लागि भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा पठाईने गरेको भएपनि प्रयोगशालामा सबैतिरबाट स्वाब आउदा नतिजा आउन समय लाग्न लागेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here