नवलपरासी पश्चिम।। कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै केराउ,छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले पूर्ण रुपले प्रतिबन्ध लगाएको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा पनि जिल्लामा वैद्य-अवैद्य रुपमा हरियो सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकता भन्दा बढी भण्डार र अवैद्य रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्दै गएकोले सोमबारदेखि उक्त वस्तुहरुको ओसारपसार तथा ढुवानीमा प्रतिवन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिएका छन् ।

उनका अनुसार अर्को आदेश नहुँदासम्म केराउ, छोहाडा, मरिच लगायत वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन । जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचना अनुसार अव रातीको नौं बजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीको कन्ट्रोल नं.- १०० मा जानकारी गराउनु पर्नेछ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएका व्यक्तिहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ । त्यसरी बस्न अटेरी गर्ने व्यक्तिहरुलाई निगरानी गरी कार्यवाही गरिने कार्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here