नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिममा एक ब्यक्तिको हत्या भएको छ । गएराती करिब ११ बजेको समयमा प्रतापपुर गाउँपालिका वार्ड नं.-८ को पतलहवा टोल बस्ने अन्दाजी बर्ष ४० को अर्जुन यादवको हत्या भै मृत्यु भएको हो ।
सोही स्थानमा बस्ने अन्दाजी बर्ष २७ को डल्लु दुषाध र प्रतापपुर गाउँपालिका वार्ड नं.-८ फटकी टोल बस्ने अन्दाजी बर्ष २३ को रोशन मल्लाहले कुटपिट र घरायसी हातहतियारको प्रयोग गरि यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा हत्यारा दुषाध र मल्लाहले यादवलाई निर्घात रूपमा कुटपिट गरेको र उनको टाउकोमा धारिलो हतियार प्रयोग भएको देखिन्छ र उनिहरु केही समय एक आपसमा बाजाबाज गरेको बेला झगडा छुट्टाउन पुगेका सोही ठाउँमा बस्ने बर्ष ३८ को कृष्ण चमार घाइते भएको र ड्ल्लु दुषाध र रोशन मल्लाहले यादवको हत्या गरेको घाइते चमारले बताए ।
यतिखेर घटना स्थलमा प्रहरीले घटनाको प्रकृति निहाली रहेको र यादवको हत्या गरि भाग्न खोजेका दुषाध र मल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छ्न ।
नियन्त्रणमा रहेका दुबै हत्याराहरु संग आवश्यक कामकार्यवाही र घटनामा थप संलग्न तथा ससन्कित ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको र यादवको शव पोस्टमार्ड्मका लागी पृथ्वी चन्द्र अस्पताल परासी पठाएको प्रहरीले जनाएको छ । ।
अंगद यादव/नवलपरासी पश्चिम
७ भदौ
नवलपरासी पश्चिममा एक ब्यक्तिको हत्या भएको छ । गएराती करिब ११ बजेको समयमा प्रतापपुर गाउँपालिका वार्ड नं.-८ को पतलहवा टोल बस्ने अन्दाजी बर्ष ४० को अर्जुन यादवको हत्या भै मृत्यु भएको हो ।
सोही स्थानमा बस्ने अन्दाजी बर्ष २७ को डल्लु दुषाध र प्रतापपुर गाउँपालिका वार्ड नं.-८ फटकी टोल बस्ने अन्दाजी बर्ष २३ को रोशन मल्लाहले कुटपिट र घरायसी हातहतियारको प्रयोग गरि यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा हत्यारा दुषाध र मल्लाहले यादवलाई निर्घात रूपमा कुटपिट गरेको र उनको टाउकोमा धारिलो हतियार प्रयोग भएको देखिन्छ र उनिहरु केही समय एक आपसमा बाजाबाज गरेको बेला झगडा छुट्टाउन पुगेका सोही ठाउँमा बस्ने बर्ष ३८ को कृष्ण चमार घाइते भएको र ड्ल्लु दुषाध र रोशन मल्लाहले यादवको हत्या गरेको घाइते चमारले बताए ।
यतिखेर घटना स्थलमा प्रहरीले घटनाको प्रकृति निहाली रहेको र यादवको हत्या गरि भाग्न खोजेका दुषाध र मल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छ्न ।
नियन्त्रणमा रहेका दुबै हत्याराहरु संग आवश्यक कामकार्यवाही र घटनामा थप संलग्न तथा ससन्कित ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको र यादवको शव पोस्टमार्ड्मका लागी पृथ्वी चन्द्र अस्पताल परासी पठाएको प्रहरीले जनाएको छ ।