नवलपरासी पश्चिम// कोरोना विरुद्धको लडाइमा अग्रसर भई खटिरहेका लाई नवलपरासी पश्चिमकाे प्रतापपुरमा स्थित लुम्बिनी सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,ईलाका प्रहरी कार्यालय बेलाटारी ,स्वास्थ्य चाैकी बेलाटारी, वडा नं.-९ काे कार्यालय बेलाटारी र प्रतिभा महिला तथा सहकारी सस्था लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्रका सचिव मुन्ना सिद्धिकि ले बताउनु भयाे ।

मास्क १२०० पिस ,सेनिटाईजर १०० बाेतल ,साबुन ५०० पिस र ग्लब्स ८०० पिस रहेकाे सस्थाले जनाएकाे छ । साथै साबुन पानिले हात धाेअाै, सामाजिक दुरि कायम गरा‌ै काेराेनाबाट अाफु बचाै र अरुलाई पनि बचाअाै भन्ने कुरामा ध्यान दिनुपर्ने सस्थाले सबैमा अाग्रह गरेकाे छ ।

लुम्बिनी सामुदायिक अध्यन केन्द्र काे अध्यक्ष गाेबिन्द पजियारकाे अध्यक्षता तथा प्रतापपुर शिक्षा शाखाकाे सयाेजक दधिराम शर्माकाे प्रमुख अतिथ्यतामा स्वास्थ्य सामाग्री बितरण गरिएकाे थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply