नवलपरासी पश्चिम // नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा आइतवार एकसाथ २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितिमा १६ जना पुरुष र ५ जना महिला रहेका छन् ।

राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणको क्रममा उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए । संक्रमित मध्ये वडा नम्बर १ का ८ जना, वडा नं ३ र १३ का २ जना, वडा नं ४ र ६ का एक–एक जना, वडा नम्बर ७ र १२ का ३–३ जना र एक जनाको वडा खुल्न बाँकी रहेको छ ।

उनीहरु सबै क्वारेन्टाईनमा थिए । यसअघि भेटिएका ६ जनासँगै सुनवलमा मात्रै कोरोना संक्रमितको संख्या २७ पुगेको छ । संक्रमितलाई कोरोना अस्पताल पठाउने की सुनवलमै रहेको आईसोलेसनमा राख्ने भन्ने बारे छलफल भैरहेको सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले बताउनु भयो ।

यससँगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । सुनवल नगरपालिका जिल्लामा रहेका सात वटा स्थानिय तह मध्ये सबैभन्दा धेरै संक्रमित भएको स्थानिय तह भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply