नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिमको सुस्ता गाउपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुस्ता-५ का दुई पुरुषमा पिसिआर परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । उनिहरु दुवैको उमेर २५ वर्ष छ । यहि जेठ १३ गते स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएकोमा आज मात्रै रिपोर्ट आएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

उनिहरु भारतको राजस्थान बाट गत बैशाख ३० गते नेपाल आएका थिए । उनिहरुलाई नेपाल प्रवेश गर्ने वित्तिकै सुस्ताको बेलवानीमा रहेको क्वारेन्टाईनमा पठाईएको थियो । संक्रमितलाई कहाँ पठाउने भन्ने बारे टुङ्गो लागि नसकेको सुस्ता गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयल बताउनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको सङख्या १९ पुगेको छ ।

सुस्ता गाउपालिकाको वडा नं.-५ मा मात्रै चार जना संक्रमित फेला परेका छन् । उनिहरु मध्ये दुई जना निको भएर घर फर्किईसकेका छन् । हाल सम्म जिल्लामा सबैभन्दा बढि पाल्हीनन्दन गाँउपालिकामा ९ जना संक्रमित फेला परेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply