नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा आज थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा पाल्हीनन्दन-१ का २१ बर्षिय र ४ का ३२ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिए । उनीहरु केहिदिन अघि भारतबाट आएर स्थानिय क्वारेन्टाइनमा बसेका थिए । अहिले उनीहरुको अवस्था सामान्य छ ।

यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । बुधबार मात्रै पालिनन्दन गाउपालिकामा ७ जना र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पश्चिम नवलपरासीमा प्रतापपुर र सुस्ताका तीन संक्रमित भने निको भइसकेका छन् ।

यो सहित जिल्लामा कुल १७ जना कोरोना संक्रमित भएका छन भने पाल्हिनन्दन गाउपालिकामा मात्र ९ जना पुगेका छन। यी दुबै जना संक्रमित पनि भारतबाट आएका थिए । एक हप्ता अगाडि ती संक्रमित युवकहरुको कोरोना परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply